2 years ago
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित तानडोरी प्रतियोगितामा शुक्रबार काठमाडौं पहिलो भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभाग दोश्रो भयो । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा शनिबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको हलमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतित्यथामा विशेष कार्यक्रम हुँदैछ ।
कार्यक्रममा खेलाडीसहित १६ जनालाई सम्मान गरिने छ । त्यस्तै दीर्घ सेवा पदक र परिषद् सेवा पदक गरी १ सय ४१ कर्मचारीलाई पनि विभूषित गरिने छ । २०२१ साल भदौ १३ गते राखेप स्थापना भएको थियो ।
स्थापनाको दिन राखेपले त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयका साथै ७ प्रदेश र ७७ जिल्लामा दीपावली गरेको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]