2 years ago
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीए चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा शुक्रबार एचएचसीएले रिलायन्स पब्लिकलाई ३०–११ ले पराजित ग¥यो । एचएचसीएकी सरा घलेले १४ अंक जोडिन् ।
टीआईएले लालीगुराँस नेसनल एकेडेमीबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुग्यो । केभीकेएसएस, पृथ्वी, भ्याली पब्लिक र तिरुपति पनि क्वाटरफाइनलमा पुगे ।
सिनियर ब्वाइजमा स्कोलर्स होमले केभीकेएसएस ‘ए’ लाई ३३–२२, एचएचसीएले प्राण्जलीलाई १७–१५, रिलायन्स पब्लिकले संस्कृतिलाई २८–२२ तथा फ्लोरोसेन्टले लिटिल फ्लावरलाई १८–९ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
स्कलर्स होमका एलेन छन्त्यालले १७, एचएचसीएका पवन मगरले १२, रिलायन्सका रोजन लामाले १४ र फ्लोरोसेन्टका सुमन राईले ११ स्कोर गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।