default_image

2 years ago

September 2, 2022

सेब र दीक्षालयलाई युरो कप

291 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सेब सिनियर ब्वाइज तथा दीक्षालय सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् ।

हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा शुक्रबार भएको सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाई ५७–३७ ले पराजित ग¥यो । सेबका रोशन घलेले १६ अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा दीक्षालयले काष्ठमण्डप विद्यालयलाई २३–१० ले हरायो । दीक्षालयकी पेम्बा शेर्पाले १२ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोशन र पेम्बा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

स्टाफमा आयोजक युरोले उपाधि चुम्यो । युरोले फाइनलमा त्रिज्योतिलाई २१–१८ ले पाखा लगायो । युरोका सेसिल चक्रधर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक÷प्रिन्सिपल शैलाजा अधिकारी, युरोकी भाइस प्रिन्सिपल एन्जेला तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भदौ ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १८ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.