default_image

2 years ago

September 1, 2022

सेब फाइनलमा

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सेब युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

हात्तीगौडास्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सेमिफाइनलमा सेबले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४६–४१ ले पराजित ग¥यो । सेबका लोकेन्द्रले २३ अंक जोडे ।

फाइनलमा सेबको भेट सेन्ट जोसेफसंग हुनेछ । अर्को सेमिफाइनलमा सेन्ट जोसेफले सेन्ट जेभियर्सलाई ४६–३० ले हरायो । विजेताका निकेशले २६ स्कोर गरे । सिनियर गल्र्समा काष्ठमण्डप र दिक्षालयले उपाधि भिडन्त पक्का गरे ।

काष्ठमण्डपले आयोजक युरो स्कुलमाथि ३१–७ को सहज जित दर्ता ग¥यो । विजेताकी राज्भी श्रेष्ठले १५ अंक जोडिन् । दिक्षालयले बौद्ध इन्टरनेसनल स्कुललाई २९–९ ले पाखा लगायो । दिक्षालयकी पेम्बा शेर्पाले १६ अंक जोडिन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.