2 years ago
August 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – केभीकेएसएसले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार जित हात पारेको छ ।
धापासीस्थित घरेलु कोर्टमा केभीकेएसएसले रिलायन्सलाई १३–२ ले पराजित ग¥यो । केभीकेएसएसकी सुष्मा आलेले ११ अंक जोडिन् ।
सिनियर गल्र्समै वेन्डी हाउसले काठमाडौं ग्लोबललाई ९–२, तिरुपतिले क्लिनटनलाई २६–५ र पृथ्वीले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३२–६ ले हराए । वन्डीकी पवनी पाण्डेले ५, तिरुपतिकी किन्जुम सलाखाले १६ र पृथ्वीकी बबिता गुरुङले १२ अंक जोडे ।
ब्वाइजमा एन्जल्स हार्टले सिग्मालाई ११–४, किङडमले लक्ष्मीपुरलाई ४१–२६, वेन्डी हाउसले एसएस एकेडेमीलाई २७–१५, स्कोलर्स होमले एपेक्स लाइफलाई २६–१४ र रिलायन्स पब्लिकले बागमतीलाई २७–१५ ले पाखा लगाए ।
एन्जल्स हार्टका निकेश पुनले ६, किङडमका साङबु लामाले १८, वेन्डीका सचिन गुरुङले ८, स्कोलर्स होमका एलेन छन्त्यालले ८ र रिलायन्सका कुन्साङ शेर्पाले १२ अंक जोडे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।