default_image

2 years ago

August 31, 2022

युरो सेमिफाइनलमा

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

युरोले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई २५–१३ ले पराजित ग¥यो । युरोको जितमा साना दीपकले १० स्कोर गरिन् । गल्र्समै बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले विद्या संस्कारलाई २०–१२, काष्ठमण्डपले संस्कृतिलाई १२–८ र दीक्षालयले साम्तेनलाई २४–१२ ले हराउदै सेमिफाइनलमा पुगे ।

बीआईएसकी डिकी र सब्रिनाले ५–५, काष्ठमण्डपकी आस्नाले ४ र दक्षिालयकी पेम्बा शेर्पाले २० अंक जोडे । ब्वाइजमा एमआईएसले बीआईएसलाई ३८–३२, सेन्ट जेभियर्सले अक्षरालाई ३६–१८ र सेबले विल्सनलाई ३९–२९ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एमआईएसका आयुश राईले १४ तथा सेन्ट जेभियर्सका शुभम् र मोहितले १४–१४ अंक बटुले ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.