default_image

3 years ago

August 31, 2022

उषा लामाचौर कप भलिबलमा सर्वाेत्कृष्ट

242 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल पुलिस क्लबकी ओपन स्पाइकर उषा भण्डारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ सर्वाेत्कृष्ट खेलाडी बनेकी छन् ।

पुलिसलाई च्याम्पियन बनाउने क्रममा उषाले प्रतियोगिता भर तीन खेल खेल्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै उषाले ५ हजार रुपैयाँसँग ट्रफी प्राप्त गरे । यस्तै उत्कृष्ट प्रशिक्षक बनेका पुलिसका रुपेश कुमार विष्टले पनि ५ हजार रुपैयाँसँग ट्रफी हात पारे ।

व्यत्तिगत विधातर्फ उपविजेता डायमन्डले वर्चश्व जमायो । न्यू डायमण्डकी प्रगती नाथ उत्कृष्ट सेटर, डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट सर्भर डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भए । च्याम्पियन पुलिसकी कामना विष्ट उत्कृष्ट स्पाइकर र आर्मीकी साफिया पुन उत्कृष्ट ब्लकर बने । विधागत उत्कृष्ट सबैले उनीहरुले ट्रफी र प्रमाणपत्र पाएका छन् ।

विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी रामदत्त जोशी, नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङ, आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारी, पूर्व अध्यक्षहरु संजयकुमार अधिकारी, नवीन भण्डारी, प्रतियोगिता समेत रहेका सुशीलकुमार श्रेष्ठ, युवा परिचालन कमिटी संयोजक शंकर केसी, पुरस्कार प्रायोजक रमेश कार्कीका प्रतिनिधि होम बहादुर थापालगायतले पुरस्कृत गरे ।

बुधबार भएको फाइनलमा पुलिसले डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको छ । पहिलो सेट २५–१५ ले सहजै गुमाएको डायमन्डले दोस्रो सेट पनि २५–१४ ले सहजै पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेटमा पुलिसले १८–५ को आरामदायी अग्रता लिदा वर्षा भएपछि खेल झन्डै १ घण्टा ४५ मिनेटपछि शुरु हुँदा पुलिस २५–८ ले विजयी हुँदै उपाधि जित्न सफल भयो ।

पहिलो संस्करणपछि लगातार आठौंपटक फाइनल खेल्दै चार उपाधि जितेको न्यू डायमन्ड पछिल्लो चार संस्करण भने उपविजेतामा सीमित बन्न पुग्यो । उपाधिसँगै पुलिसले १ लाख ५० हजार १ सय ११ रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । दोस्रो भएको न्यू डायमन्डले १ लाख १ सय ११ रुपैया प्राप्त गरेको छ ।

तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार १ सय ११ रुपैयाँ हात पारेको छ । बुधबारै गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको छ ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । पुलिसले फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो ।
गण्डकीले मंगलबारै एपिएफको चुनौती ३–२ ले पन्छाउँदै फाइनलमा प्रवेश गरेको थियो । अब पुलिसले उपाधिका लागि बिहीबार गण्डकी प्रदेशसँग खेल्नेछ । बिहीबारै आर्मीले तेस्रो स्थानको लागि एपिएफसँग खेल्नेछ ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् ।

पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ । विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.