3 years ago
August 31, 2022
पोखरा (हाम्रो खेलकुद) – चारपटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लगातार दोस्रो वर्ष लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको च्याम्पियन बनेको छ ।
न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस लगातार दोस्रो वर्ष च्याम्पियन बनेको हो । यस अघिको संस्करणमा पनि पुलिसले न्यू डायमन्डलाई नै हराएर उपाधि जितेको थियो ।
लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा बुधबार भएको फाइनलमा युवा खेलाडीको बाहुल्यता रहेको पुलिससामु खुलेर खेल्न सकेन । पहिलो सेट २५–१५ ले सहजै गुमाएको डायमन्डले दोस्रो सेट पनि २५–१४ ले सहजै पुलिसलाई सुम्पिएको थियो ।
तेस्रो सेटमा पुलिसले १८–५ को आरामदायी अग्रता लिदा वर्षा भएपछि खेल झन्डै एक घण्टा ४५ मिनेटपछि शुरु हुँदा पुलिस २५–८ ले विजयी हुँदै उपाधि जित्न सफल भयो ।पुलिसले तेस्रोपटक फाइनल खेल्दा दोस्रोपटक उपाधि जित्न सफल भएको हो । पहिलो संस्करणमा पुलिस एपिएफसँग पराजित भएको थियो ।
पहिलो संस्करणपछि लगातार आठौंपटक फाइनल खेल्दै चार उपाधि जितेको न्यू डायमन्ड पछिल्लो चार संस्करण भने उपविजेतामा सीमित बनेको छ । न्यू डायमन्डकी महत्वपूर्ण खेलाडी प्रतिभा माली आफ्नो पूरानो चोट बल्झिएपछि उनी उपचारमै रहँदा पछिल्लो खेलमा टोलीसँग रहेका छैनन् ।
उपाधिसँगै पुलिसले १ लाख ५० हजार १ सय ११ रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । दोस्रो भएको न्यू डायमन्डले १ लाख १ सय ११ रुपैया प्राप्त गरेको छ । तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार १ सय ११ रुपैयाँ हात पारेको छ । बुधबारै गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको छ ।
पुरुषतर्फ उपाधिका लागि बिहीबार गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । गण्डकीले मंगलबार नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा तथा पुलिसले बुधबार आर्मीलाई ३–१ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको छ । पुरुषतर्फ तेस्रो स्थानको खेल पनि बिहीबार नै हुनेछ ।
११ देखि १४ भदौंसम्मको खेल हुने भएपनि वर्षाले प्रभावित बन्दा प्रतियोगिता दुई दिन बढी लम्बिएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ ।
महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]