3 years ago
August 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशस्तरिय बक्सिङ छनोट सम्पन्न भएको छ । पुरुषतर्फ १३ र महिलामा १० गरी कुल २३ खेलाडी छनोट भएको हो ।
महिलातर्फ ४६ देखि ४८ केजीमा काठमाडौंकी सुष्मा तामाङ, ५० केजीमा भक्तपुरकी अस्मिता दुवाल, ५२ केजीमा काभ्रेकी विविसा श्रेष्ठ, ५४ केजीमा काभ्रेकी पेमा श्रेष्ठ, ५७ केजीमा काभ्रेकी हेमा राई, ६० केजीमा काभ्रेकै डेचेन शेर्पा, ६६ केजीमा काठमाडौंकी स्मृति श्रेष्ठ, ६९ केजीमा काठमाडौंकी कवुना श्रेष्ठ र ७५ केजीमा काभ्रेकी निष्मा गुरुङ छनोट भइन् ।
पुरुषतर्फ ४८ केजीमा काठमाडौंका रविन थापा, ५१ केजीमा काभ्रेका लाल प्रसाद उप्रेती, ५४ केजीमा मदन कृष्ण डंगोल, ५७ केजीमा काठमाडौंका सुरज महर्जन, ६० केजीमा काठमाडौंका सुलभ माली, ६३.५ केजीमा रसुवाका मौसम रानामगर, ६७ केजीमा मकवानपुरका अमन श्रेष्ठ र ७१ केजीमा काठमाडौंका प्रमोद राई छनोट भए ।
यस्तै ७५ केजीमा काभ्रेका विनिस राई, ८० केजीमा काठमाडौंका मोहन तामाङ, ८६ केजीमा काठमाडौंकै सुजन बोहोरा, ९२ केजीमा काठमाडौंका साहिल महर्जन र ९२ केजीभन्दा माथि काभ्रेका उज्जवल बस्नेत छनोट भए ।
उक्त छनोट खेलमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायत संघका पदाधिकारीहरु, बागमती प्रदेश खेलकुद परिषदका पदाधिकारीहरु एवम् खेलाडीहरुको उपस्थिति रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]