3 years ago
August 30, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पूनरागमन जित निकाल्दै गण्डकी प्रदेश लामाचौरमा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा एपिएफमाथि ३–२ को सेटमा पराजित गर्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो । गण्डकीले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
पहिलो सेट २२–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पनि २२–२५ ले गुमाएको थियो । विवादित बनेको तेस्रो सेट २५–२३ ले जित्दै गण्डकी खेलमा फर्किएको थियो ।
२२–२२ को बराबरीको अवस्थापछि खेल विवादित बन्न पुगेको थियो । गण्डकी २२–२३ ले पछि पछि परेपछि रेफ्रीको निर्णयमा गण्डकी प्रदेशका खेलाडीले असन्तुष्टि जनाएपछि समर्थकबाट रेफ्रीमाथि बोतल प्रहार गरेपछि खेल झन्डै ३० मिनेट रोकिएको थियो । त्यसपछि शुरु भएको खेलमा गण्डकीले लगातार ३ अंक जोड्दै २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
चौथो सेटमा एकपक्षीय प्रदर्शन गरेको गण्डकीले २५–१६ ले जित्दै खेललाई पाँचौ सेटमा लम्व्याउँदै फाइनल पुग्ने आशा जीवितै राखेको थियो । निर्णायक तथा पाँचौ सेट प्रतिस्पर्धात्मक बन्दा गण्डकीले १७–१५ ले सेट आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।
अब गण्डकीले उपाधिका लागि बुधबार आर्मी र पुलिसबीचको विजेतासँग खेल्नेछ । आर्मी र पुलिसबीचको दोस्रो सेमिफाइनल केहीवेरमा हुँदैछ ।
महिलातर्फ न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेका छन् । पुलिसले आर्मीलाई तथा न्यू डायमनडले गण्डकीलाई हराएर फाइनल प्रवेश गरेको हो । पुरुष र महिला दुवैतर्फको फाइनल बुधबार हुनेछ ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ ।
महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।
दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]