3 years ago
August 30, 2022
पोखरा (हाम्रो खेलकुद) – चारपटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब पोखराको लामाचौरमा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
युवा खेलाडीको बाहुल्यता रहेको न्यू डायमन्डले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको दोस्रो सेट आफ्नो पक्षमा पार्न डायमन्डले निकै संघर्ष गर्नुपरेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट डायमन्डले २६–२४ ले जित्न सफल भयो ।
तेस्रो सेट २५–११ ले सहज आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो । डायमन्डकी रिमा कुँवर खेलको वुमन अफ दि म्याच घोषित भए । डायमन्ड लगातार आठौंपटक यस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । यसअघि डायमन्डले चारपटक उपाधि जित्दा पछिल्लो तीन संस्करणमा भने उपविजेतामा सीमित बन्न पुगेको छ ।
अब डायमन्डले उपाधिका लागि बुधबार साविकको विजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले मंगलबारै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २६–२८, २७–२५, २५–११ र २६–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
पुरुषतर्फ सेमिफाइनलमा मंगलबारै गण्डकी र एपिएफ तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल बुधबार हुनेछ ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ ।
महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।
दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]