2 years ago
August 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुलको आयोजनामा चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा जम्मा ३६ टिमको सहभागिता रहने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइ । सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
ब्वाइज टिमलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरिने छ । ब्वाइजतर्फ प्रत्येक समूहको शीर्ष दुई टोली प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन् । गल्र्सको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् । भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।