default_image

2 years ago

August 29, 2022

ग्रीनल्यान्ड, भ्याली र एन्जल्सलाई उपाधि

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनल्यान्ड, भ्याली पब्लिक र एन्जल्स हार्टले १५औं क्विक्स÷ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।

ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भएको हो । धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५५–३७ ले पराजित ग¥यो । ग्रिनल्यान्डका दिवस भुजेलले २० अंक जोडे ।

सिनियर गल्र्समा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ६४–४९ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १८ स्कोर गरिन् । जुनियर ब्वाइजको उपाधि भिडन्तमा एन्जल्स हार्टले ग्रिनल्यान्डमाथि २०–१७ को जित दर्ता ग¥यो । एन्जल्स हार्टका प्रतीक कँडेलले २० अंक बटुले ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका विमल जागरी, सिनियर गल्र्समा भ्याली पब्लिककी लाक्षी गुरुङ तथा जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतीक कँडेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका दिवस भुजेल (८९ अंक), सिनियर गल्र्समा ग्रिनल्यान्डकी परी गुरुङ (४५ अंक) र जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी (एलएनए) का रिदम अधिकारी (३३ अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका छिरिङ नोडुप लामा तथा सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ उत्कृष्ट थ्री प्वइन्टर चुनिए । विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्षद्वय कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भदौ ३ गतेदेखि सुरु प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा १६–१६ तथा सिनियर गल्र्समा १० टिम सहभागी थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.