3 years ago
August 29, 2022
पोखरा (हाम्रो खेलकुद) – न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यू डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र पुलिसले गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । हारका बावजुत आर्मी र गण्डकी समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।
हरेक समूहमा दुई टोली रहेका कारण दुवै टोली सेमिफाइनलमा पुगेका हुन् । अब सेमिफाइनलमा न्यू डायमन्डले गण्डकी प्रदेशसँग तथा पुलिसले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल मंगलबार हुनेछ ।
लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको खेलमा युवा खेलाडीको बाहुल्य रहेको डायमन्डले कुनै पनि समय आर्मीलाई खुलेर खेल्न दिएन । पहिलो सेटमा २५–१६ को जित निकालेको डायमन्डले ११–८ को स्थितिबाट अग्रता बढाउँदै जित निकाल्न सफल भयो ।
दोस्रो सेटमा पनि डायमन्डले ८–८ को बराबरीबाट अग्रता लिदै जितनजिक पुगेपनि आर्मीले पूनरागमन प्रयास गर्दा खेल २४–२२ को स्थितिमा पुगेको थियो । त्यसपछि डायमनडले एक जोड्दै २५–२२ को जित निकाल्न सफल भयो । तेस्रो सेटमा सुरुवातमा आर्मीले डायमन्डलाइ चुनौती पेश गरेपनि १४–१४ को बराबरीबाट डायमन्डले अग्रता बढाउँदै २५–१९ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
सोमबारै महिलातर्फ पुलिसले गण्डकीमाथि पुलिसविरुद्ध गण्डकी २५–१६, २५–१५ र २५–९ को सोझो सेटमा जित निकाल्दै समूह विजेता बन्न सफल भयो । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका अरुणा शाहीको कप्तानीमा उत्रिएको गण्डकीले पुलिससामु पहिलो र दोस्रो सेटमा सम्मानजनक प्रदर्शन गरेपनि तेस्रो सेटमा निरिह बन्न पुग्यो ।
पुरुषतर्फ स्थानिय गण्डकी प्रदेशले विभागीय त्रिभुवन आर्मी क्लबलाई तथा पुलिसले एपिएफलाई समान ३–२ को सेटमा हराएर समूह विजेता बनेको छ । गण्डकीले आर्मीमाथि १९–२५, २५–१५, २०–२५, २५–२३ र १७–१५ ले जित निकाल्न सफल भयो ।
गण्डकीले आर्मीमाथि झन्डै दुई वर्षपछि जित निकालेको हो । गण्डकीले आर्मीलाई पछिल्लोपटक २०७७ मा पोखरामा भएको टाइगर कप भलिबलको फाइनलमा हराउँदै उपाधि जितेको थियो ।
यस्तै पुलिसले एपिएफलाई २५–१९, १७–२५, २५–२१, २१–२५ र १५–१० ले हरायो । हरेक समूहमा दुई टोली रहेकाले हारका बावजुत आर्मी र एपिएफ पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा गण्डकी र एपिएफ तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । महिला र पुरुष दुवैतर्फको सेमिफाइनल मंगलबार तथा फाइनल बुधबार हुनेछ ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी भएनन् ।
महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।
दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]