default_image

3 years ago

August 28, 2022

महरा निर्णायकमा छनोट

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नेपाली अन्तर्राष्ट्रिय निर्णायक तेजेन्द्रसिंह महरा २६ औं एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि निर्णायकमा छनोट भएका छन् ।

सेप्टेम्बर १ देखि ६ तारिखसम्म लाओसमा हुने प्रतियोगताका लागि महरा निर्णायकमा छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । २००६ मा अन्तर्राष्ट्रिय निर्णायक उत्तीर्ण गरेका महरा टेबलटेनिस संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।

उनी एसियाली टेबलटेनिस युनियनका कम्पिटिसन म्यानेजर हुन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक र कम्पिटिसन म्यानेजरको भूमिका निर्वाह गरेका महरा चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि समेत निर्णायकमा छनोट भएको प्रथम उपाध्यक्ष वज्राचार्यले जानकारी गराए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.