default_image

3 years ago

August 27, 2022

चुनदेवीलाई नमुना कप यू–१७ फुटबल उपाधि

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चुनदेवी युथ क्लबले प्रथम नमुना कप यू–१७ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गोदावारी नगरपालिका बसपार्कस्थित सेन्ट जेभियर स्कुलको खेल मैदानमा शनिबार भएको फाइनलमा वाइल्ड जुनियर फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै चुन देवीले उपाधि जितेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

उपाधिसँगै चुनदेवीले ट्रफी र प्रमाणपत्र हात पारे । दोस्रो भएको वाइल्ड जुनियर फुटबल क्लबले पनि ट्रफी र प्रमाणपत्र हात पारेको छ । चुनदेवीका मनिष पहरी उत्कृष्ट खेलाडी तथा उपविजेता वाइल्डका दिपेश श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । उनीहरु ट्रफीसँगै प्रमाणपत्र हात पारे ।

प्रतियोगिताको उद्घाटन सेन्ट जेभियर स्कुलका प्रिन्सिपल फादर विजय टोप्पोले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए । विजयी टोली तथा खेलाडीलाई गोदावारी नगरपालिका वडा नम्वर ३ का अध्यक्ष सानु राज घिमिरे, गोदावारी प्रहरी बिट प्रमुख राम शरण न्यौपाने र क्लबका अध्यक्ष डम्मर बहादुर स्याङ्तानलगायतले पुरस्कृत गरे ।

नमुना युथ स्पोर्ट्स क्लबको आयोजनामा भएको एक दिने प्रतियोगितामा विभिन्न ११ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता नकआउटको आधारमा भएको थियो ।

क्लबका अध्यक्ष डम्मर बहादुर स्याङ्तानले युवा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यू–१७ प्रतियोगिता आयोजना गरिएको बताए । नमुना युथ स्पोर्ट्स क्लबले प्रशिक्षणसँगै गाइजात्राको अवसरमा गाइजात्रा कप, महिला फुटबल र भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.