3 years ago
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् ।
प्रयास मञ्च नेपालले आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित गराएकी थिइन् । सन्तोषीले १३औं सागको एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।
सोही अवसरमा सिंगापुर गोर्खा पुलिस रेजिमेन्टमा कार्यरत धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेल रत्न सम्मान’ तथा द्रुक अन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।
त्यस्तै ६० वर्षे धावक शम्भुप्रसाद दाहाल, ६७ वर्षे धावक पुष्पलाल श्रेष्ठ, पूर्व धाविका लिना प्रधान, धावक लाक्पा शेर्पा लामा, ओलम्पियन मुकुन्दहरि श्रेष्ठ, भेट्रान धावक धर्म महर्जन, पूर्व धाविका उषा मानन्धर, धावक देव महर्जन र पूर्व खेलाडी नरबहादुर थापा पनि सम्मानित भएका छन् ।
त्यसै अवसरमा वरिष्ठ संगीतकार एवं गायक पुष्प गजमेर, गीतकार तथा भुटनिज अमेरिकन म्युजिक एसोसिएसन (बामा) का अध्यक्ष खेम रिजाल, संगीत संयोजक जीवनप्रकाश प्रधान र गायक तथा संगीतकार प्रताप सुब्बा पनि सम्मानित भएका छन् ।
उनीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, पूर्व धावक एवं रचनाकार बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]