2 years ago
August 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
युरोले बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) लाई २७–१५ ले पराजित ग¥यो । युरोकी साना दीपकले १४ स्कोर गरिन् । गल्र्समै विद्या संस्कारले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ११–७ ले हरायो । विजेताकी प्रीतिशा केसीले ५ अंक जोडिन् ।
ब्वाइजमा काष्ठमण्डपले टीआईएलाई २५–१३, सेन्ट जेभियर्सले बाबालाई ३९–१०, विल्सन एकेडेमीले युरोलाई ३५–३०, एमआईएसले आलोकलाई २७–९, बीआईएसले साम्तेनलाई ३२–१२ तथा त्रिज्योतिले गुहेश्वरीलाई २९–१२ ले पाखा लगाए ।
काष्ठमण्डपका आश्रय शाक्य र निसित अधिकारीले ७–७, सेन्ट जेभियर्सका शुभम् सैजुले २१, विल्सनका पेम्बा शेर्पाले १४, एमआईएसका अकुशले १२, बीआईएसका फुर्वा छेतेनले १३ तथा त्रिज्योतिका नवाङ शेर्पाले १४ अंक बटुले ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।