3 years ago
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड माविको आयोजनामा भइरहेको १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
सिनियर ब्वाइजमा आयोजक ग्रिनल्यान्डले सेन्ट जोसेफ, भ्याली पब्लिकले गोल्डेनपिक, बीएनएले इबीए तथा एचएचसीएले टीआईए विरुद्ध खेल्ने छन् । जुनियरको क्वाटरफाइनल भ्याली पब्लिक र लालीगुराँस, एन्जल्स हार्ट र ग्रिनफिल्ड, स्किब्स र गोल्डेनपिक तथा इबीए र बीएनएबीच हुनेछ ।
गल्र्समा भने सेमिफाइनल समीकरण तयार भएको छ । भ्याली पब्लिकले सत्यसाइ तथा ग्रिनल्यान्ड ‘ए’ ले एचएचसीएको सामना गर्ने छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।