3 years ago
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक युरो स्कुल र सेबले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।
हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले बाबालाई ५७–२१ को फराकिलो अन्तरले पराजित ग¥यो । युरोको जितमा सूर्यान्श खत्रीले १७ अंक योगदान गरे । पवन पराजुलीको ८ अंक सहयोगमा सेबले ड्याफोडिललाई ३५–११ ले हरायो ।
ब्वाइजमै सेन्ट जेभियर्सले विल्सनलाई १७–१६, काठमाडौं वल्र्ड स्कुलले गुहेश्वरीलाई ३१–१९ तथा सेन्ट जोसेफले आलोक विद्याश्रमलाई ४२–८ ले पाखा लगाए ।
सेन्ट जेभियर्सका शुभम् सैजुले १७, काठमाडौं वल्र्डका सफल थापाले २० तथा सेन्ट जोसेफका प्रसिद्ध थापाले २० स्कोर गरे । गल्र्समा दिक्षालयले संस्कृतिमाथि २२–४ को सहज जित दर्ता ग¥यो । विजेताकी पेम्बा शेर्पाले १६ अंक जोडिन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।