3 years ago
August 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् ।
खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम शेर्पा, १०० केजीमुनि बशिष्ठ महर्जन र १०० केजीमाथि आदित्य दाहाल छनोट भए ।
महिला ५७ केजीमुनि सन्जिता गुरुङ र विनु गुरुङ, ६३ केजीमुनि सुनिता ढकाल र शिसम अधिकारी तथा ७८ केजीमुनि दीपा गुरुङ छानिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
टेबलटेनिसको पुरुषमा चन्दन शाही, जयराम महर्जन, कपुर शर्मा, उमेश मानन्धर र रक्तचन्द्र मानन्धर छनोट भए । महिलामा इना डंगोल, स्वर्णिमा कंशाकार र प्राज्ना महर्जन छानिए ।
महिलामा बाँकी २ खेलाडीको छनोट पछि गरिने छनोट संयोजक एवं काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]