default_image

3 years ago

August 24, 2022

ग्रिनल्यान्ड र बीएनए क्वाटरफाइनलमा

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनल्यान्ड र बीएनए १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६४–३४ तथा बीएनएले टीआईएलाई ३४–२२ ले पराजित गरे । ग्रिनल्यान्डका सुरेश विक र रोहन श्रेष्ठले २२–२२ तथा बीएनएका सन्देश खड्काले १६ अंक जोडे ।

सिनियर ब्वाइजमै इबीएले हिमरश्मीलाई ५२–३२ तथा सेन्ट जोसेफले ग्रिनफिल्डलाई ६०–४० ले हराए । इबीएका सौगात कार्कीले ३२ तथा सेन्ट जोसेफका निकेश तामाङले १९ स्कोर गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले फ्लोरोसेन्टलाई १८–११ तथा इबीएले हिमरश्मीलाई २३–७ ले पाखा लगाए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.