default_image

3 years ago

August 24, 2022

गोकर्णेश्वर मेयर कप स्नुकर यसै महिना

977 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छोर्तेन स्नुकर क्लबको आयोजनामा दोस्रो संस्करणको गोकर्णेश्वोर मेयर कप खुल्ला स्नुकर प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता भदौं २५ गतेबाट हुने जानकारी गराएको हो । प्रतियोगितालाई नेपाल विलियडस, स्नुकर तथा पुल संघको प्राविधक सहयोग रहेको नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी गराए ।

यो प्रतियोगिता हालसम्मकै ठुलो धनराशिको हो । प्रतियोगितामा २५६ भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले जानकारी गराए ।

प्रतियोगिताको विजेताले २ लाख ५१ हजार रुपैयाँ, ट्रफी र मेडल हात पार्नेछ । दोस्रो हुनेले १ लाख ११ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ । तेस्रो हुने दुई खेलाडीले समान ५१ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ ।

यस्तै सेन्सर ब्रेक (१ सयभन्दा माथि) गर्नेले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । हाइयस्ट ब्रेक (८० ब्रेकभन्दा माथि) ले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले १५ हजार, उदियमान र अनुशाषित खेलाडीले समान ११ हजार रुपैयाँ हात पार्नेछ ।

यस्तै क्वाटरफाइनलमा खेलेका ८ खेलाडीले पनि समान ११ हजार रुपैयाँ हात पार्नेछ। शीर्ष १६ खेलेकाले सिक्टिन बक्स प्राप्त गर्ने आयोजकले जनाएको छ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.