3 years ago
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ विजयी सुरुआत गरेको छ ।
हात्तीगौडास्थित घरेलु कोर्टमा सोमबार भएको खेलमा युरोले सेन्ट जोसेफलाई १८–५ ले पराजित ग¥यो । गल्र्समै मोर्डन इन्डियन स्कुल (एमआईएस) ले अक्षरालाई ९–६ तथा काष्ठमण्डपले विल्सन एकेडेमीलाई २०–१६ ले हराए ।
ब्वाइजमा संस्कृतिले ड्याफोडिललाई १२–११, एमआईएसले काष्ठमण्डपलाई २७–२४, अक्षराले ड्याफोडिललाई ३०–१६, काठमाडौं वल्र्ड स्कुलले त्रिज्योतिलाई ४०–२९ र विल्सनले बाबालाई २५–१३ ले पन्छाए ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा अधिकारी र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगिताको ब्वाइजमा १८ तथा गल्र्समा १२ गरी ३० टिमले लिग कम नआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल भदौ १३ गते हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।