default_image

3 years ago

August 22, 2022

टेनिस खेलाडी सलोनी अमेरिका जाने

392 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हालको नेपाल नम्वर एक महिला लन टेनिस खेलाडी सलोनी तामाङ उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने भएकी छिन् ।

सेन्ट जेभियर्सबाट १२ कक्षासम्मको अध्ययन पश्चात उनी उच्च शिक्षा अध्ययनको लागि संयुक्त राज्य अमेरिका जाने भएकी हुन् । उनले टेक्सास राज्यस्थित लमार विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकी छिन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछिन् ।

विभिन्न जुनियर प्रतियोगितामा च्याम्पियन बनेकी उनले पछिल्लो एक बर्षको दौरानमा विभिन्न उपाधि जितेकी छिन् । उनलाई विगत ७ वर्षदेखि प्रशिक्षण दिइरहेका उनका प्रशिक्षक राजकुमार लामाले उज्वल भविष्यको कामना सहित विदाई गरेका छन्

सलोनीले प्रथम गणेशमान सिंह राष्ट्रिय लन टेनिस प्रतियोगितामा महिला एकल र डबल्स, प्रधान सेनापति राष्ट्रिय लन टेनिस प्रतियोगितामा महिला एकल र डबल्स, १८औं माछापुच्छ्रे बैंक ओपन प्रतियोगिताको महिला एकल र डबल्स आठौं सिटिजन्स बैंक ओपन टेनिसमा महिला एकल र मिक्स डबल्समा उपाधि जितेका थिए ।

यस्तै उनले आइटीएफ वल्ड टेनिस टुरमा महिला एकल र डबल्स र आइटीएफ वल्ड टेनिस टुरमै महिला एकल र डबल्समा उपाधि जित्न सफल भएका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.