default_image

3 years ago

August 22, 2022

लामाचौर कप भलिबलको खेल तालिका सार्वजनिक

286 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाज लामाचौरले हरितालिका तीजको अवसरमा आयोजना गर्ने लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

फाइल तस्विर

आयोजकले सोमबार समूह विभाजन गर्दै महिला र पुरुष दुवैतर्फको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको समूह विभाजनअनुसार महिलातर्फ समूह ‘ए’ मा नेपाल पुलिस, गण्डकी र एपिएफ तथा समूह ‘बी’ मा न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब रहेका छन् । पुरुषतर्फ आर्मी र गण्डकी समूह ‘ए’ मा तथा पुलिस, एपिएफ र मणिमुकुन्द समूह ‘बी’ मा परेका छन् ।

सार्वजनिक भएको समूह विभाजन अनुसार महिलातर्फ न्यू डायमन्ड र आर्मी सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यि दुई टोलीबीचको एक खेलले नै समूह विजेताको छिनोफानो गर्नेछ । पुरुषतर्फ आर्मी र गण्डकी पनि सेमिफाइनलमा पुगेका छन् । यि दुई टोलीबीचको खेलले समूह विजेताको टुंगो लगाउनेछ ।

पहिलो दिन महिलातर्फ भदौं ११ मा पुलिस र गण्डकी तथा न्यू डायमन्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ पुलिस र मणिमुकुन्द तथा आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन महिलातर्फ पुलिस र एपिएफ तथा एपिएफ र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ एपिएफर मणिमुकुन्द तथा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

समूह चरणपछि हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलम पुग्नेछन् । भदौं १३ मा सेमिफाइनल तथा भदौं १४ गते फाइनलसँग तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

यसपाली महिलातर्फ तीन विभागीय टोली नेपाल पुलिस, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेश गरी ५ टोली तथा पुरुषतर्फ पनि तीन विभागीय टिम नेपाल पुलिस, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।

विगतमा महिला भलिबल र छात्र–छात्रा भलिबल हुँदै आएपनि यसपटक राष्ट्रिय पुरुष भलिबल थपिएको हो । प्रतियोगिता ११ देखि १४ भदौंसम्म लामाचौरमा रहेको इन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा हुनेछ ।

दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टलाई आकर्षक पुरस्कार दिइनेछ ।

२४औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ मा महिला र पुरुष भलिबलसँगै अन्तरमावि लोक नृत्य, सितारियो कराते, अन्तरमहिला खुला तीज गीत प्रतियोगिता पनि हुनेछ ।

तीज गीतमा प्रथमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्त्वनाले १० हजार, अन्तरमावि लोकनृत्यतर्फ प्रथमले ४० हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार र सान्त्वना तीन टिम र उत्कृष्ट भेषभूषालाई ५ हजार दिइने छ ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.