3 years ago
August 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिलाहरुको तिजको अवसरमा हुने लामाचौर कप राष्ट्रिय भलिबलका लागि गण्डकी प्रदेश भलिबल संघले महिला तथा पुरुष टिमको घोषणा गरेको छ ।
नव आदर्श विकास समाजको आयोजनामा भदौ १२ देखि १४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि अरुणा शाही र हरि पाण्डेको कप्तानीमा महिला र पुरुष टोलीको घोषणा गरिएको गण्डकी प्रदेश भलिबल संघका महासचिव टहल सिंह थापाले जानकारी गराए ।
अरुणा कप्तान रहेको महिला टिममा रेविना घर्ती मगर, सस्मिता पुन, पवित्रा सिर्पाली, मनिषा तिलिजा, पुजा सेन ठकुरी, सारा पुर्जा, साइन थापा, एलिसा रोका मगर, तिर्शना बराल, हिमाली रोका र काजल छन्त्याल छनोट भएका छन् । रेखा राना, अर्पणा खाँण र एलिना गुरुङ वैकल्पिकमा रहेका छन् ।
महिलातर्फको छनोटमा म्याग्दीबाट ८, बागलुङबाट २, कास्कीबाट २, मुस्ताङबाट १, पर्वतबाट २, स्याङजाबाट ३ र तनहुँबाट २ जना गरी कुल २० जना खेलाडीको सहभागिता रहेको थियो ।
पुरुष टोलीमा हरि पाण्डे, घनश्याम चौधरी, सुजन चोखाल, हिमाल सुनारी मगर, अमृत दर्नाल, सञ्जय परियार, रवि केसी, प्रेम कुमाल, विवश आले मगर, याम क्षेत्री, सन्तोष थापा मगर र राजन दर्लामी मगर रहेका छन् ।
पुरुषतर्फ एनभिए क्लब च्याम्पियनसिपमा टोलीमा रहेका खेलाडीलाई निरन्तरता दिएको छ । स्वास्थ अवस्थाका कारण किरण गुरौ र जीवन सुनारको स्थानमा संजय परियार र अमृत दर्नालले मौका पाएका छन् । पुरुषतर्फको प्रशिक्षकमा रमेश केसी र टिम ब्यवस्थापकमा जीवन भण्डारी छन् ।
छनोट समितिका संयोजक एवम् संघका कार्यवाहक अध्यक्ष हरिकुमार श्रेष्ठ, प्राविधिक संयोजक नारायण बहादुर भण्डारी, प्रशिक्षक संयोजक रमेश केसी, महासचिव टहल सिंह थापा मगर र कोषाध्यक्ष जिवन भण्डारीको टोलीले खेलाडी छनोट गरेको हो ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]