default_image

3 years ago

August 21, 2022

तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आईतबार सम्पन्न भएको छ ।

तीनदिन सम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस केन्द्रमा संचालन भएको सेमिनार तथा कोर्षमा सहभागि प्रशिक्षकहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गरे ।

सेमिनार तथा कोर्षमा उपत्यका तथा विभिन्न जिल्लाका गरि करिव १ सय ३५ जनाको सहभागिता रहेको थियो । सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै सदस्य सचिव घिसिङले एकै प्रकृतिका खेल भएपनि विगतमा दुई संघ हुनुमा त्यसको जवाफ संघमा रहेका नेतृत्वले दिनुपर्ने भन्दै र दुई संघलाई एक हुन सुझाव दिंदै आफ्नो कार्यकालमा अनावश्यक संघहरुको अस्तित्वमा नरहने बताए ।

नेपाल आईटिएफका अध्यक्ष अञ्जन धमलाले विश्वमा नै तेक्वान्दो संघ एकिकरणको अभियानमा रहेको भन्दै नेपालमा अस्तित्वमा रहेका तेक्वान्दो संघलाई पनि एकिकृत गर्नुपर्ने र त्यसका लागि परिषद् अघि बढिसकेको र सदस्य सचिवले यस कार्यलाई पूर्णता प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

संघका महासचिव राजकुमार कार्कीले विगतमा तेक्वान्दो खेलमा देखिएको विकृतीहरु यस पटकको नवौ राष्ट्रिय खेलकुदका दौरान नहोस् भन्दै यस सेमिनार र कोर्सले त्यसलाई समाधान गर्ने विश्वास रहेको बताए । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा उक्त कार्यक्रम भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेश प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.