default_image

3 years ago

August 21, 2022

एचएचसीए र इबीएको जित

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीए र इडेन ब्रिज एकेडेमी (इबीए) ले १५ औं क्विक्-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।

एचएचसीएले हिमरश्मीलाई ३६–२६ तथा इबीएले युनिभर्सिटीलाई ४०–३४ ले पराजित गरे । एचएचसीएका बिकी मानन्धरले १० तथा इबीएका सौगात कार्कीले २४ अंक जोडे । सोही स्पर्धामा भ्याली पब्लिकले स्कोलर्स होमलाई ५०–३५ ले हरायो । भ्याली पब्लिकका अनिमेश अधिकारी र पासाङ शेर्पाले १४–१४ स्कोर गरे ।

सिनियर गल्र्समा भ्याली पब्लिकले ग्रिनल्यान्ड ‘ए’ लाई २३–२१ त्था एचएचसीएले ग्रिनल्यान्ड ‘बी’ लाई ३१–२४ ले पाखा लगाए । भ्याली पब्लिककी लोरिशा गौचन र लाक्षी तामाङले ७–७ तथा एचएचसीएकी आस्ना तामाङले १० अंक बटुले ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले बीएनएलाई १६–१४, सेबले फ्लोरोसेन्टलाई ११–१०, एलएनएले हिमरश्मीलाई २२–११, एन्जल्स हार्टले पृथ्वीलाई २६–१६ तथा इबीएले ग्रिनल्यान्डलाई २३–१३ ले पन्छाए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.