default_image

3 years ago

August 20, 2022

नमुना कप यू–१७ फुटबल शनिबार

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नमुना युथ स्पोर्ट्स क्लबको आयोजनामा प्रथम नमुना कप यू–१७ सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

क्लबका अध्यक्ष डम्मर बहादुर स्याङ्तानले युवा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यू–१७ प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगिता भदौं ११ देखि गोदावारी नगरपालिका बसपार्कस्थित सेन्ट जेभियर स्कुलको खेल मैदानमा हुनेछ ।

टिम दर्ताको लागि १ हजार ५ सय शुल्क तोकिएको छ । टिम दर्ताको समय भदौं ८ सम्म रहेको छ । क्लबका अध्यक्ष स्याङ्तानले एक दिने प्रतियोगिता रहेकाले बढीमा ८ टोली मात्रै समावेश गरिने जानकारी गराए ।

नमुना युथ स्पोर्ट्स क्लबले प्रशिक्षणसँगै गाइजात्राको अवसरमा गाइजात्रा कप, महिला फुटबल र भेट्रान फुटबल आयोजना गर्दै आइरहेको छ ।

यसैबीच हाइकिङका लागि शनिबार गोदावारी पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पुर्व अध्यक्ष कर्माछिरिङ शेर्पासहितको टोलीले नमुना युथ एकेडेमीको अवलोकन गर्दै एकेडेमीलाई खेलकुद सामग्री उपलब्ध गराउने प्रतिबद्ध जनाएका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.