3 years ago
August 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र एन्जल्स हार्टले १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भ्याली पब्लिकले लक्ष्मीपुरलाई २१–११ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिम्मे तामाङले १४ अंक योगदान गरे ।
प्रतीक कँडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले स्कोलर्स होमलाई १८–६ ले हरायो । ग्रिनफिल्डले सेबलाई १३–७ ले पाखा लगायो । ग्रिनफिल्डका पुजन उप्रेतीले ९ स्कोर गरे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमीलाई ३२–१२ तथा पृथ्वीले फेरिल्यान्डलाई २५–२४ ले निराश पारे । भ्याली पब्लिकका एन्जल गुप्ता र अनिता गुरुङले समान ११–११ तथा पृथ्वीकी दावा छिरिङ गुरुङले १३ अंक बटुले ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले सेन्ट जोसेफलाई ४२–३०, ग्रिनल्यान्ड ‘ए’ ले पृथ्वीलाई ४६–३५, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले फेरिल्यान्डलाई ४५–२५ र ग्रिनफिल्डले स्कोलर्स होमलाई २९–१९ ले पन्छाए ।
भ्याली पब्लिकका अनमोल गुरुङले १४, ग्रिनल्यान्डका दिवस भुजेलले १९, बीएनएका सन्देश खड्काले १९ र ग्रिनफिल्डका सुशान्त कार्कीले २० अंक जोडे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।