default_image

3 years ago

August 19, 2022

लमजुङमा फुटसल शुरु

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड– १९) को प्रकोपका कारणले थला परेको व्यापार व्यवसाय उकास्ने र आपसमा सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीका अवसरमा लमजुङमा व्यवसायिक प्रवद्र्धनका लागि खुल्ला फूटसल प्रतियोगिता शुरु भएको छ ।

हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङदी प्रालिको आयोजनामा शुक्रबार सुरु गरिएको प्रतियोगिताको पहिलो दिन १४ खेल सम्पन्न भएका छन् । पहिलो दिन १८ खेल सम्पन्न गर्ने लक्ष्य भएपनि वर्षाका कारण १४ खेलमात्र सकिएको आयोजक समितिका सदस्य अमृत सुवेदीले बताए । लिगका आधारमा खेलाइएको प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको छ ।

इलेक्ट्रोनिक व्यवसायी संघ लमजुङलाई १–० ले हराएको नेपाल पत्रकार महासंघ लमजुङ शाखाको टिम दोस्रो खेलमा बैंकर क सँग पराजित भयो । प्याब्सन लमजुङको टिमले लमजुङ बैंकर ख र लाई ९–० ले पराजित गरेको छ । त्यस्तै, बेसीहशर नगरपालिकाले क्ब्होलासोंथर गाउँपालिकालाई ६–१ ले पराजित गरेको छ ।

जिल्ला अस्पताल लमजुङ र प्लम्बिङ टिमबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । पूर्वाधारका कर्मचारी टिमलाई ३–० ले हराएर आयोजक टिम अघि बढेको छ । इलेक्ट्रोनिक व्यवसायी टिमले लेक्ट्रिकल टिमलाई ३–१ ले हराएको छ । इन्स्योरेस समितिले लमजु्ङ बैंकर ख लाई २–१ ले हराएको छ ।

पहिलो हुने टिमलाई नगद १५ हजार र २५ हजार रुपैयाँको खसी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने दोस्रो हुने टिमका लागि नगद १० हजार र २० हजार रुपैयाँ बराबरको खसी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

उक्त प्रतियोगितामा एक लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सो खेल सञ्चालन समितिका अध्यक्ष प्रवीण वाग्लेले बताए । प्रतियोगिताको हिमालयन ब्रदर्श ग्रुपका सल्लाहकार वंशीकुमार श्रेष्ठ र सोही ग्रुपका सुरेश श्रेष्ठले उद्घाटन गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.