3 years ago
August 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनल्यान्ड र पृथ्वीले १५औं क्विक्स÷ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा विजयी सुरुआत गरेका छन् ।
शुक्रबार भएको खेलमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा जेनिशा श्रेष्ठले ७ अंक योगदान गरिन् । बबिता घिमिरेको ९ अंक सहयोगमा पृथ्वीले लालीगुराँस नेसनल एकेडेमीलाई २०–१० ले हरायो ।
सिनियर ब्वाइजमा टीआईएले फेरिल्यान्डलाई २९–१८, सेन्ट जोसेफले स्कोलर्स होमलाई ३८–१० र गोल्डेनपिकले पृथ्वीलाई ३३–१७ ले हराए । टीआईएका स्वीकृत अधिकारीले १३, सेन्ट जोसेफका निकेश तामाङले १२ र गोल्डेनपिकका दिनेश रपालले १३ अंक जोडे ।
धापासीस्थित आफ्नै कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा गोल्डेनपिकले स्कोलर्स होमलाई १७–८, लालीगुराँसले ग्रिनल्यान्डलाई १९–११ र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले ओडिसीलाई २३–१३ ले पन्छाए । गोल्डेनपिकका डायमन्ड राईले ९ तथा बीएनएका सेशाङ गुरुङले ९ स्कोर गरे ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे । भदौ ११ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १४ र सिनियर गल्र्समा ९ टिम सहभागी छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।