default_image

3 years ago

August 19, 2022

ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टलाई उपाधि

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, काष्ठमण्ड सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४–४३ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा काष्ठमण्डपले संस्कृतिलाई १९–१७ ले हरायो ।

जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–१५ ले पाखा लगायो । सिनियर ब्वाइजमा ग्रिनल्यान्डका दिवस भुजेल, सिनियर गल्र्समा काष्ठमण्डपकी राजभी श्रेष्ठ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका स्पर्श अधिकारी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा न्यु जेनिथ, सिनियर गल्र्समा महामञ्जुश्री तथा जुनियर ब्वाइजमा ओरेकल रे एकेडेमी अनुशासित टिम चुनिए । विजेतालाई नागर्जुन नगरपालिका वडा ४ का अध्यक्ष लक्ष्मी शर्मा, ग्रिनफिल्ड एडुकेसन फाउन्डेसनका अध्यक्ष खडकबहादुर बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

आठदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.