3 years ago
August 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिता २०७९ भाद्र १८ गते देखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
१२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । यस्तै पदक प्राप्त गरेको आधारमा टिम च्याम्पियन घोषणा गरिनुका साथै प्रथम, द्वितीय र तृतीय हुने वडालाई ट्रफी प्रदान गरिने छ ।
२०० बढि खेलाडीको सहभागिता रहने प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाईटी र मनोहरा ईन्डोर ब्याडमिन्टन हलमा खेलाईने आयोजकले जनाएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]