3 years ago
August 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरे । भुटान जाने टोलीमा ३ अफिसियल र ६ खेलाडी गरि कुल ९ जना रहेका छन् ।
संघका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा रहेको टोलीमा जगतबहादुर धामी, कसिस कुमारी क्षेत्री, सिवानी श्रेष्ठ, कविन देशार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुईटेल खत्री र दलबहादुर घले रहेका छन् ।
भुटानको फुएनसोलिगमा अगष्ट २० र २१ गते हुने च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा हुने अध्यष श्रेष्ठले जानकारी दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]