3 years ago
August 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध एकेडेमी र निस्टले पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । बुद्ध ब्वाइज तथा निस्ट गल्र्समा च्याम्पियन बनेको हो ।
अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८–४४ ले पराजित ग¥यो । बुद्धको जितमा कोसिश भुजेलले १६ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा पुर्णिमा बरालको १० अंक सहयोगमा निस्टले डाफोडिललाई २५–२१ ले हरायो । ब्वाइज-गल्र्स दुवैमा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय कोसिश र पुर्णिमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
ब्वाइजमा निमोनिकका प्रवेश तामाङ तथा गल्र्समा आयोजक बौद्ध इन्टरनेसनल स्कुलकी सब्रिना पन्त सर्वाधिक स्कोरकर्ता बने । सहभागी मध्ये समग्रमा निसर्ग वाटिका अनुशासित टिम ठहरियो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, बीआईएसका प्रिन्सिपल हरि लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ११ दिने प्रतियोगिताको ब्वाइज-गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।