3 years ago
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली वरिष्ठ अम्पायर उदय अर्याल जापानमा अर्काे सातादेखि आयोजना हुने विश्व ब्याडमिन्टन च्याम्पियनका लागि लाइन जजको भुमिका निर्वाह गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनी बुधबार जापान प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ र खेतान स्पोर्ट्स फाउण्डेशनका अध्यक्ष विकास खेतानले खादा लगाएर बिदाई गरे । यस्तै अर्याललाई नेपाल खेलकुद महासंघले पनि एक समारोहकाबीच बिदाई गरेको छ ।
जापानको राजधानी टोकियोमा अगष्ट २२ देखि २८ सम्म हुने टोटल इनर्जी वल्ड ब्याडमिन्टन च्याम्पियनसिप–२०२२ मा अर्यालले अन्तर्राष्ट्रिय लाइन जजको भूमिका निर्वाह गर्नेछ । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले नेपालबाट अर्याललाई चयन गरेको हो ।
अम्पायर अर्यालले गत वर्ष जापानको टोकियोमै आयोजना भएको टोकियो पारालिम्पिक गेम्समा पनि लाइन जजको भुमिका निभाएका थिए । उनी पारालिम्पिकमा लाइन जज गर्ने पहिलो नेपाली ब्याडमिन्टन टेक्निकल अफिसियल हुन् ।
अम्पायर अर्यालसँग बिडब्लुएफले ४ वर्षसम्मको लागि अर्थात २०१९ जनवरीदेखि २०२२ को डिसेम्वरसम्मको लागि सर्टिफाइड अन्तर्राष्ट्रिय लाइन जजको मान्यता रहेको छ ।
अर्यालले विश्व ब्याडमिन्टन फेडेरेसन र ब्याडमिन्टन एसियाद्धारा मान्यता प्राप्त विश्वस्तरीय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । मिल्स एरिया विराटनगर निवासी उनी नेपाल विद्युत प्राधिकरणमा कार्यरत छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]