default_image

3 years ago

August 17, 2022

ब्राइट होराइजन सेमिफाइनलमा

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्राइट होराइजन नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

ब्राइट होराइजनले जेनिथलाई ५८–३२ ले पराजित ग¥यो । सोही स्पर्धामा ग्रिनल्यान्डले रेडिअन्तलाई ४६–३० तथा महामञ्जुश्रीले आयोजक ग्रिनफिल्डलाई ३५–३३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले महामञ्जुश्रीलाई १४–८, एन्जल्स हार्टले ग्रिनफिल्ड ‘बी’ लाई १९–११, लालीगुराँस नेसनल एकेडेमीले ओरेकललाई २०–८ र इडेन ब्रिज एकेडेमीले संस्कृतिलाई ४६–११ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे ।

सिनियर गल्र्समा रेडिअन्तले आर्यालाई २६–१६, ग्रिनल्यान्डले ग्रिनफिल्डलाई १३–४, संस्कृतिले हिमालयनलाई १२–७ र काष्ठमण्डपले ग्रिनफिल्डलाई १७–६ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.