3 years ago
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एक महिनाअघि मालदिभ्समा आयोजना भएको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसंग भेटबार्ता गरेका छन् ।
भेटबार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् । साउन ४ देखि भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरि तीन खेलाडीहरुले सहभागिता जनाएकोमा खेलाडीहरुले एक रजत र एक कास्य पदक हासिल गर्न सफल भएका थिए ।
जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेश फिजिकको १७० सेमिमा राजु राईले कास्य पदक प्राप्त गरेका थिए । यस्तै महिला एथलेटिक फिजिकमा प्रतिस्पर्धा गरेकी सुजिता मानन्धरले छैटौ स्थान प्राप्त गरेकी थिईन् ।
त्यसै अवसरमा नेपाल शारिरीक सुगठन संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई मालदिभ्समा आयोजना भएको ५४औ एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राशेजबाबु श्रेष्ठले सदस्य सचिवलाई बुझाएका हुन् ।
सो कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठको उपस्थिती रहेको थियो । ५५औं संस्करण नेपमाल आयोजना हुने कार्यक्रम रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]