default_image

3 years ago

August 16, 2022

ग्रिनफिल्ड क्वाटरफाइनलमा

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनफिल्ड नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले नेरिकलाई ३७–२९ ले हरायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ अंक जोडे । सिनियर ब्वाइजमै जेनिथले पिपुल्स एकेडेमीलाई ३२–१२, ग्रिनल्यान्डले कान्तिपुरलाई ३९–१५, रेडिअन्टले काठमाडौं जेभियरलाई ५६–४१, ब्राइट होराइजनले ज्ञान निकेतनलाई ४४–३८, किङडम हिमालयले पुष्पसदनलाई ४४–३९ र हार्टल्यान्डले इडेन ब्रिज एकेडेमीलाई ३९–३४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइजमा लालीगुराँस एकेडेमीले ग्रिनफिल्डलाई २०–१६ तथा संस्कृतिले पिपुल्सलाई १८–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । सिनियर गल्र्समा काष्ठमण्डपले हिमालयनलाई २२–१० ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय ग¥यो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.