default_image

3 years ago

August 16, 2022

ललितपुर हाइ फाइनलमा

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।

फाइल तस्विर

आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आईएसए नेपाललाई ५०–२६ ले पराजित ग¥यो । ललितपुरका ममता गुरुङ र अस्मिता थापाले समान १३–१३ अंक जोडे ।

ललितपुर एक खेल अगावै फाइनलमा पुगेको हो । आईएसए नेपालको लगातार दोश्रो पराजयसंगै आयोजक नखिपोट पनि फाइनलमा पुग्न सफल भयो ।

४ टिम सहभागी राउन्ड रोविन लिगमा अब ललितपुर र नखिपोटको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ । पुरुषमा रोयलले कीर्तिपुरलाई ७७–६३ ले हरायो । रोयलका निकेश मगरले २६ स्कोर गरे ।

पहिलो क्वाटरमा १६–१० को अग्रता लिएको रोयलले अन्तिमसम्म अग्रतालाई कायम राख्यो । रोयलले दोश्रोमा २०–१४, तेश्रोमा १९–१८ र चौथोमा २२–२१ को प्रदर्शन ग¥यो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.