3 years ago
August 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर र युरो पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुलको कोर्टमा प्रिमियरले स्वर्णशिक्षालाई ५१–२१ ले पराजित ग¥यो । प्रिमियरको जितमा प्रणय बासीले १९ अंक योगदान गरे । अभिनव थापाको २० अंक सहयोगमा युरोले न्यु बुद्ध प्रकाशलाई ४२–२८ ले हरायो ।
ब्वाइजमै बुद्ध एकेडेमी र नेमोनिकले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । बुद्धले डाफोडिलमाथि ५४–१५ को सहज जित दर्ता ग¥यो । विजेताका दीपक लामाले १५ स्कोर गरे । प्यारागन विरुद्धको खेलमा नेमोनिक ५१–४५ ले विजयी भयो ।
मोनिकका प्रवेश तामाङले २६ अंक बटुले । सेमिफाइनलमा नेमानिकको भेट युरोसंग हुने छ भने प्रिमियरले बुद्धको सामना गर्ने छ । गल्र्सको क्वाटरफाइनल मंगलबार हुने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।