2 years ago
August 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०–२९ को फराकिलो अन्तरले हरायो । टाइम्सका सदीश प्रधानले २९ अंक जोडे । टाइम्स क्वाटरफाइनल पुग्ने पहिलो टोली हो ।
पहिलो दिन कसमस कलेजबाट वाकओभर पाएको टाइम्स समूह विजेता भयो । महिलाको राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरलाई ५१–२७ ले हरायो । ललितपुरकी अस्मिताले १५ स्कोर गरिन् ।
चारै क्वाटरमा अग्रता लिएको ललितपुरले क्रमशः १५–०, १३–११, १४–१० र ९–६ को प्रदर्शन ग¥यो । कीर्तिपुरको यो लगातार दोश्रो हार हो ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]