3 years ago
August 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले अमेरिकामा भएको सोनिक स्मास ब्याडमिन्टन च्याम्पियनसिप २०२२ मा दोहोरो उपाधि जितेका छन् ।
सिनर्जी ब्याडमिन्टन एकेडेमी फ्रेमन्टमा भएको सोनिक स्मास ब्याडमिन्टन च्याम्पियनसिपमा दोस्रो वरियताका रत्नले पुरुष एकल र मिक्स डबल्समा गरी दोहोरो उपाधि जितेका हुन् ।
रत्नले पुरुष एकलमा जापानी खेलाडी युता किचुकीलाई तथा मिक्स डबल्समा मिया हन्डलेसँग मिलेर युता किचुकी र वेन्लु सिको जोडीलाई हराएर उपाधि जितेका हुन् ।
प्रतिस्पर्धात्मक पहिलो सेट रत्नले २१–१९ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट १९–२१ ले गुमाएको रत्नले तेस्रो सेट २१–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । रत्नले च्याम्पियन बन्ने क्रममा सेमिफाइनलमा पनि जापानी लिग खेल्ने राष्ट्रिय खेलाडीको चुनौती पन्छाएको थियो ।
मिक्स डबल्समा रत्न र मियाको जोडीले सुरुवाती सेट १८–२१ ले गुमाएपनि त्यसपछिको दुवै सेट २१–१५ र २२–२० ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । उपाधिसँगै पुरुष एकलमा रत्नले ५ सय अमेरिकी डलर र मिक्स डबल्समा १ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
१२ देखि १४ अगस्टसम्म भएको प्रतियोगितामा अमेरिकासँगै जापान र क्यानडाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पछिल्लो ८ महिना यता अमेरिकामा रहेका रत्नजित त्यहाँ आफ्नो व्यक्तिगत प्रशिक्षणसँगै प्रशिक्षकको रुपमा पनि व्यस्त छन् । रत्नसँगै नेपालको शीर्ष वरीयताका दिपेश धामी पनि अमेरिकामै रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]