default_image

3 years ago

August 14, 2022

पारागन क्वाटरफाइनलमा

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पारागन पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा पारागनले आयोजक बौद्धलाई ३८–३७ को साँघुरो अन्तरले पराजित ग¥यो । बौद्धका विकी यादवले १९ अंक जोडे ।

ब्वाइजमै बुद्ध एकेडेमीले मेनोमिकलाई ६५–२६ तथा स्वर्णशिक्षाले विन्समलाई १८–१४ ले हराउदै क्वाटरफाइनलमा पुगे । बुद्धका कोसिश भुजेलले २० तथा स्वर्णशिक्षाका दीपेन्द्र सुनुवारले ८ अंक जोडे । गल्र्समा द चाँदबागले न्यु बुद्ध प्रकाशलाई २३–८ तथा भेनसले प्रारम्भलाई ८–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।

चाँदबागकी रिज्मा भट्टराईले १२ तथा भेनसकी सलिना तामाङले २ स्कोर गरे ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.