default_image

3 years ago

August 13, 2022

साग पदक विजेता सम्मानित

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा लगातार पदक विजेता उसुका हरिप्रसाद गोले सम्मानित भएका छन् ।

बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको हो । गोलेले भारतमा सम्पन्न १२औं सागमा रजत र नेपालमै भएको १३औं सागमा थाउलोतर्फ कांस्य पदक जितेका थिए ।

बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठको नारायणथान मन्दिरमा आयोजित एक कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, वडा–१ का अध्यक्ष सुरेन्द्र लामा, वडा–३ का अध्यक्ष आकाश धिताल र वडा–५ का अध्यक्ष कृष्ण शाह ठकुरी पनि सम्मानित भए ।

उनीहरूलाई नेपाल कुङ्फु संघका अध्यक्ष सीताराम हुमागाईं, बालविकास बोर्डिङ हाई स्कुलका प्रिन्सिपल महेशकुमार श्रेष्ठ, बुढानीलकण्ठ कुङ्फुका प्रमुख सुकुमान लामा र नेपाल व्यायाम सेन्टरका विनोद महर्जनले सम्मानपत्र प्रदान गरे ।बुढानीलकण्ठ कुङ्फुले शनिबार नै विभिन्न कार्यक्रम आयोजना गर्दै विश्व कुङ्फु दिवस पनि मनाएको थियो ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.