default_image

2 years ago

August 12, 2022

प्रभाकर शनिबार नेपाल आउने

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । प्रभाकर शनिबार नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार प्रभाकर शनिबार साँझ साढे ६ : १० मा त्रिभुवन विमानस्थल आईपुग्ने भएका छन् ।

टोलीका सबै खेलाडीले भने बिहीबार नै होटल हायत प्लेसमा पुगि सकेका छन् । शुक्रबार फिटिनेश प्रशिक्षण हुनेछ । शनिबारबाट नियमित अभ्यास गर्ने बुझिएको छ । नेपालले केन्यासँग पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेल खेल्नेछ । टि२० आई सिरिज २५ अगष्टदेखि सुरु हुनेछ । क्यारेविन प्रिमियर लिग (सिपिएल) को कारण सन्दीपले तीन एकदिवसिय अभ्यास खेल भने खेल्ने छैनन् । सन्दीप नहुँदा रोहित पौडेलले कप्तानी गर्नेछन् ।

अघिल्लो महिना पुबुदु दासानायकेले राजीनामा दिँदै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि नेपालले प्रभाकरलाई नियुक्त गरेको हो । बिसिसिआईका उच्च पदाधिकारीको सिफारिसमा प्रभाकरलाई नियुक्त गरेको क्यानले जनाएको थियो । प्रभाकरको सम्झौता एक वर्षको रहेको छ । सन् २०१९ मा उमेश पटवालपछि प्रभाकर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने दोस्रो भारतीय हुन् ।

प्रभाकर भारतीय क्रिकेटमा सन् १९९० को समयका चर्चित अलराउन्डर थिए । ५९ वर्षीय प्रभाकारले भारतबाट ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेलेका छन् । प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेलेका थिए ।

१९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरको पूर्णविराम लागेको थियो । सनाथ जयसूर्याले उनको करिअर समाप्त पार्नेक्रममा एकै ओभरमा २२ रन प्रहार गरेका थिए । उनले मुख्य प्रशिक्षकको रुपमा भारतको राजस्थानलाई रणजी ट्रफीमा हेरेका छन् । दिल्ली र अफगानिस्तानको बलिङ प्रशिक्षकको रुपमा २०१६ को टि२० विश्वकपमा काम गरेका थिए ।

यो पनि पढ्नुहोस् : के चाहन्छ प्रभाकरबाट नेपाली क्रिकेट ?

को हुन् नेपालका नयाँ प्रशिक्षक प्रभाकर ?

नेपाली क्रिकेटमा प्रभाकरका पाँच चुनौती

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.