3 years ago
August 11, 2022
इटहरी (हाम्रो खेलकुद) – वाइ पोन्टिङले अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको उपाधि जितेको छ । इटहरी क्रिकेट एकेडमीको आयोजनामा इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा बिहीवार भएको फाइनलमा पशुपति स्कुललाई ५ विकेटले पराजित गर्दै वाइ पोन्टिङले उपाधि जितेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पशुपतिले निर्धारित ८ ओभरको खेलमा ६ ओभर ३ बलमा अल आउट हुँदै ४४ रन बनायो । पशुपति स्कुलले दिएको लक्ष्य वाइ पोनटिङले ५ ओभर ३ बलमा १ विकेट गुमाएर पुरा ग¥यो । वाइ पोन्टिङका लागि रमन साहले सर्वाधिक २० रन बनाउदै म्यान अफ द फाइनल घोषित भए ।
प्रतियोगिताको विजेता टोलीलाई प्रमुख अथिति तथा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरे । प्रतियोगितामा उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिइने एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जनाएका छन् ।
प्रतियोगिताको उत्कृष्ट ब्याटसम्यान र म्यान अफ द सिरीजको उपाधि आकास सर्राफले पाए । त्यस्तै उत्कृष्ट बलरको उपाधि सबिन निरौलाले पाए । अविरल गौतमले प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि पाए ।
प्रतियोगिताको उत्कृष्ट प्रतिभाशाली टोलीको उपाधि माउन्ट मकालु स्कुलाई प्रदान गरिएको छ । उत्कृष्ट अनुशासित टोलीको उपाधि डिभिएम स्कुलले पाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]