3 years ago
August 10, 2022
काठमाडौ (हाम्रो खेलकुद) – आयोजक बुद्ध इन्टरनेशनल स्कुल (बीआईएस) ले पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्समा बुधबार जित हात पारेको छ ।
बीआईएसले विद्या संस्कारलाई २३–८ ले पराजित ग¥यो । विजेताकी सब्रिना पन्तले ९ अंक जोडिन् । गल्समै निसर्गले न्यु बुद्ध प्रकाशलाई २१–१० तथा ड्याफोडिलले मेरिडियन इन्टरनेसनललाई १७–७ ले हराए । निसर्गका रक्षा महर्जनले ११ तथा ड्याफोडिलका मिस्ती भक्तले ६ स्कोर गरे ।
ब्वाइजमा न्यु बुद्ध प्रकाशलले निसर्ग बाटिकालाई ३३–३१ तथा प्यारागनले ड्याफोडिललाई २६–१३ ले पन्छाए । न्यु बुद्ध प्रकाशका आभाष लामाले १० तथा प्यारागनका विक्कीले २१ स्कोर गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।